नियम ३४
मेलमिलापकर्ता परिवर्तन गर्न सकिने
: यस नियमावली बमोजिम मेलमिलापकर्ताः तोकेपछि देहायको अवस्थामा मेलमिलापकर्ता परिवर्तन: गर्न सकिनेछ:-
(क) मेलमिलापकर्ताको मृत्यु भएमा,
(ख) मेलमिलापकर्ताले सो मेलमिलाप प्रक्रियाबाट अलग हुन अदालत समक्ष निवेदन दिएमा,
ता) सम्बन्धित पक्षहरुले आपसी सहमतिको आधारमा मेलमिलापकर्तालाई परिवर्तन गर्न चाहेमा,
(घ) कुनै पक्षले मेलमिलाफकर्ताप्रति अविश्वास व्यक्त गरी अदालतमा निवेदन दिएमा, (ङ) मुद्दाको विषयवस्तु उपर मेलमिलापकर्ताले आफ्नो : स्वार्थ रहेको जानकारी गराएमा,
(च) मेलमिलापकर्ताले मेलमिलापको कार्य गराउने सिलसिलामा मेलमिलाप सम्बन्धी आधारभूत कुराहरु विपरीतको आचरण वा कार्य गरेको देखिएमा,
(छ) अन्य कुनै कारणले मेलमिलापकर्ताले काम गर्न नसक्ने भएमा ।